चितवन विशेष

५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फालियो

Banner

प्रतिमा कुमाल,
चितवन, माघ २०–

चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गरेका छन् । स्वदेशी उत्पादनले बजार र मुल्य नपाएको भन्दै किसानले आज नारायणगढको सडकमा तरकारी फालेर आन्दोलन गरेका हुन् । भारतीय तरकारीका कारण उत्पादन लागत अनुसारको मुल्य नपाएको किसानको गुनासो छ । किसानहरुले छ वटा ट्याक्टरमा ल्याएका टमाटर, काउली, बन्दा, फर्सि मेवा, केराउ लगायतका तरकारी सडकमा फालेका थिए ।

किसान पुरन महतोले जिल्लाका किसानले उत्पादन गरेको तरकारी पाँच रुपैँयामा समेत विक्री नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारले किसानलाई न मल उपलब्ध गराउँछ,न उत्पादन गरेको तरकारीको बजार र मुल्य नै छ । ’उहाँले यस्तै अवस्था रहिरहे किसानका खेतबारी बाँझै रहने बताउनुभयो ।

अर्का किसान लेखनाथ भूषालले उत्पादित वस्तुले बजार नपाउँदा सडकमा फाल्नु परेको बताउनुभयो । ‘बारीमा तरकारी उत्पादन भैरहेको छ । बजारमा बिक्रि छैन ।’ उहाँले भन्नुभयो, ‘बारीमै कुहिनु भन्दा सडकमै फालेर आन्दोलन गरेका हौँ ।’ उहाँका अनुसार आज टमाटर चार हजार केजी, काउली एक हजार, बन्दा दुई हजार, फर्सी छ सय, सिमि दुई सय, गाजर पाँच सय र केराउ ५० केजि सडकमा फालिएको छ ।

आन्दोलनमा सहभागी हुन पूर्वि चितवन र पश्चिम चितवनका किसान नारायणगढ आएका थिए । नेपाली किसान मार्न पाइदैन विदेशी तरकारी तथा फलफुल चाहिँदैन भन्ने मुल नाराका साथ किसान सघर्ष समिति नै बनाएर आन्दोलन गरेका हुन् । किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिंदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए । सरकारले किसानका समस्या पटक्कै नसुनेको गुनासो गर्दै चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>