Breaking News

चितवन मेडिकल कलेजमा पेन फिजिसियन सेवा सुरु, शनिबार निःशुल्क शिविर

Banner

चितवन,माघ २०-

चितवन मेडिकल कलेजले पेन (दुखाई) फिजिसियन सेवा शुरु गरेको छ । मेडिकल कलेजमा नेपालमा नै प्रथम पटक चितवन मेडिकल कलेजले यो सेवा सुरु गरेको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । सेवा शुभारम्भको अवसरमा शनिबार निःशुल्क शिविर आयोजना गरिएको छ ।

चिकित्सा विधामा पछिल्लो समय अभ्यासमा आएको दुखाई व्यवस्थापन (पेन म्यानेजमेन्ट) सेवा सुरु गरेको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँले दुखाईको उपचार टिमवर्क भएको भन्दै उहाँले पेन फिजिसियनसँगै यससँग सम्बन्धित अन्य सुविधाहरु पनि अस्पतालमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको प्रतिष्ठित संस्थाबाट फेलोसिप गर्नुभएका इन्टरभेन्सनल पेन एण्ड स्पाईन स्पेशलिष्ट डा. रोहित बाल्यानले दुखाई सम्बन्धी उपचार सेवा दिनुहुनेछ ।

सो अवसरमा डा. बाल्यानले दुखाइ व्यवस्थापन चिकित्साशास्त्र अन्तर्गतका विभिन्न विधामध्ये एक विशिष्ठ विधा भएको बताउँदै भन्नुभयो “यसले दुखाइ निदान गर्छ र दीर्घकालीन दुखाइ (क्रोनिक पेन) सँग बाँचिरहेकाहरूको लागि गुणस्तरीय जीवनयापन गर्न सहज बनाउँछ ।

दुखाइका कारण स्मरणशक्ति, निद्रा, रोजगार, सामाजिक कार्य र दैनिक गतिविधिमा अवरोध हुने भन्दै डा. बाल्यानले भन्नुभयो “दुखाइ हँुदा बिरामीहरु उदासिन हुने, चिन्ता र चिढचिडाहट लगायतका समस्या थपिन्छन् ।” लामो समयदेखि दुखाइ भएका ५० प्रतिशत बिरामीलाई मानसिक समस्या हुन सक्ने भन्दै डा. बाल्याणनले भन्नुभयो “दुखाईको समयमा उपचार गरिएन भने जटिल मानसिक रोग थपिन सक्छ ।”

प्रविधिका रुपमा मेरुदन्डको खाली भागबाट स्नायु तन्तुलाई लठ्याउने सुई (स्पाइन इन्जेक्सन), स्नायु तन्तुको शिथिलता (नर्व ब्लकहरू), जोर्नीहरुमा लगाइने सुई, स्नायु तन्तुको उत्तेजना, इन्ट्राथिकल इम्प्लान्ट्स, लेजर थेरापी, बोटुलिनम विषाक्तको अनुप्रयोग र रेडियोफ्रिक्वेंसी मार्फत नशालाई गरिने शिथिलता (डिनर्भेसन) जस्ता विभिन्न प्रकारका विधिहरूबाट दुखाईको उपचार गरिने डा. बाल्यान बताउनुहुन्छ । यी सबै प्रविधि चितवन मेडिकल कलेजमा रहेको सो अवसरमा जानकारी गराईयो ।

यसैबीच अस्पतालले माघ २१ र २८ गते, फागुन ६ र १३ गते शनिबार कलेज परिसरमा दुखाई सम्बन्धी निःशुल्क परामर्श सेवा सञ्चालन गर्ने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसमम यो सेवा लिन पाईने भएको हो । शिविरमा टिकट निःशुल्क गरिएको छ भने अन्य उपचार सेवामा ५० प्रतिशत छुट दिने अस्पतालका निर्देशक प्रा.डा.लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा महिलाहरुलाई लक्षित गरी लामो समयदेखि महिनावारी हुँदा वा नहुँदा तल्लो पेटकको दुखाई भएका, कम्मर दुखाईको समस्या भएका महिलाहरुलाई बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सविता श्रेष्ठ र डा. रक्षा जोशीले निःशुल्क परामर्श दिनु हुनेछ ।

शिविरमा ढाड तथा मेरुदण्डको दुखाईलाई लक्षित गरी बरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड विशेषज्ञ डा. विष्णुदेव शर्मा, डा.तेजप्रकाश दवाडी पनि निःशुल्क परामर्श दिने व्यवस्था मिलाईएको छ ।

विशेषगरी घाँटीको दुखाई, कुम, पाखुरा, हात झम्झमाउने, कम्मरको दुखाई, खुट्टा झम्झमाउने, शिल्का हान्ने, ढाड बाङ्गो भएका, हिड्दा खुट्टा लुलो भएका, बुढेसकालमा देखापर्ने ढाडको दुखाई, गर्धन तथा कम्मरमा नशा च्यापिएका लगायत मेरुदण्ड सम्बन्धी समस्या भएका बिरामीहरुले शिविरमा निःशुल्क फिजियोथेरापी परामर्श पाउने छन् । शिविरमा आउने बिरामीले शल्यक्रिया वा अन्य कुनै उपचार गराउनु परेमा ५० प्रतिशछ छुट पाउने अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>