चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका २० गोही नदीमा छोडियो

Banner

प्रतिमा कुमाल,

भरतपुर,माघ १९-

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडियाल गोही प्राकृतिक वासस्थानमा छोडिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई वटा भाले घडियाल तथा १८ वटा पोथी घडियाल राप्ती नदीमा छोडेको हो ।

प्राकृतिक वासस्थानमा छोडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । बाँकी १७ वटा घडियाल गोही सात वर्ष उसमेरका रहेको उहाँले बताउनुभयो ।

योसँगै निकुञ्जले अहिलेसम्म एक हजार ७१२ वटा गोही प्रकृतिक वासस्थानमा छोडेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो भन्दा पहिला राप्ती नदीमा ९७२, नारायणी नदीमा ४१९, कालिगण्डकीमा ३५, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र बबहीमा ११० गरि एक हजार ६ सय ९२ गोही हामीले छोडिसकेका छौँ । बिहीबार छोडिएको २० वटा गोहीसहित अहिलेसम्म हामीले एक हजार ७१२ वटा गोहीलाई प्राकृतिक वासस्थानमा छोडेका छौँ ।’

तिवारीले सङ्कटापन्न अवस्थाका गोही प्रकृतिक वासस्थानमा छोडेपछिको उनीहरुको अवस्थाबारे केन्द्रीय तहबाट अनुगमन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संरक्षित घडियाल गोही प्राकृतिक वासस्थानमा छोड्छौँ । छोडेपछि केहीको सम्पर्क हामीबाट टुट्छ । तिनीहरुलाई के भयो भन्नेबारे केन्द्रीय तहबाट अनुगमन भएको छैन । अनुगमन हुन आवश्यक छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>