Breaking News

पार्टी सरकारबाट बाहिरिने हो भने त्यसको आधार देखाउनुपर्छः रास्वपाका उपनेता श्रेष्ठ

Banner

काठमाडौं,माघ १९-

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सरकारबाट बाहिरिने हो भने त्यसको आधार देखाउनुपर्ने बताएका छन् । हतारमा निर्णय नगरी पार्टी अगाडि बढ्नुपर्ने उनको धारणा छ । पार्टीले बिहीबार साँझ साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले पार्टी सरकारबाट बाहिरिने संकेत पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले गरेका छन् । सभापति रवि लामिछानेले पनि सत्ता गठबन्धनबाट बाहिरिने संकेत सामाजिक संजालमा सन्देश लेखेर गरेका छन् ।

यसैबीच संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने अहिले पार्टीले लिने हरेक निर्णय महत्वपूर्ण रहेका र त्यसले मुलुकको राजनीतिमा प्रभाव पार्ने भएकाले छलफलबाट आधारसहित स्पष्ट राखेर जानुपर्ने बताए । ुव्यक्तिगत हिसाबमा कसलाई के लाग्छ भन्ने कुरा फरक भयो, छलफलबाट सबै साथीहरूले अपनत्व लिने गरेर निर्णय गर्नुपर्छ । यो समय हामीले राजनीतिक परिपक्वता देखाउने अवसर हो । अलिकति पनि विचलित हुनु हुँदैन । राजनीतिमा संकट भने आइरहने चिज हो, उनले भने, अहिले हामीले कस्तो नजीरमा काम गर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गर्नुहुन्न । हामी कस्तो स्टेप चालेर जान्छौं भन्ने महत्वपूर्ण हुन्छ । हामी सादा कागज छौं, जे लेखे पनि पहिलोपटक लेखिरहेका हुन्छौं । रास्वपाले चाल्ने हरेक कदमप्रति मुलुकका हरेक नागरिक र विदेशमा रहेका नेपालीले पनि नियालिरहेको श्रेष्ठको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>