Breaking News

गितानगरस्थित एक पसलमा आगलागी, क्षतिको विवरण आउन बाँकी

Banner

चितवन, माघ १८–

भरतपुर महानगरपालिका–६ स्थित गितानगरको एक पसलमा आज बिहान आगलागी भएको छ । भरतपुर–१३ गंगानगर बस्ने कमला शर्माले सञ्चालन गरेको एन्जी बुटिक एण्ड कलेक्सनमा आज बिहान करिब ६ः१५ बजेको समयमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको जानकारी प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको टोली र स्थानीयले दमकलको सहयोगमा ६ः३५ बजे आगो नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>