चितवन विशेष

चितवनका लेखक हिरा लामाको पहिलो उपन्यास ‘दलदल’ सार्वजनिक, को हुन् उपन्यासकार लामा ?

Banner

चितवन, माघ १४-

चितवनका लेखक हिरा लामाको उपन्यास दलदल सार्वजनिक भएको छ ।

अक्षर समूह चितवनको आयोजनामा गैंडाकोटमा गरिएको कार्यक्रममा साहित्यकारहरु भूपिन, रमेश प्रभात र सिर्जन अविरलले कृति विमोचन गरेका हुन् ।

कृतिको समीक्षात्मक टिप्पणी गर्दै उपन्यासकार अविरलले नेपाली आख्यान क्षेत्रमा उत्कृष्ट कृति लिएर लामा अगाडि आएको विचार राखेका छन् ।

इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको यस उपन्यास साहित्यकार लामाको पहिलो उपन्यास हो । यसअघि उनको दुईवटा लघुकथा संग्रह प्रकाशित भइसकेका छन् । ‘प्रेम, गरिबी र राजनीति’ लाई मुख्य विषयवस्तु बनाएको यस उपन्यास विशेष त युवा पुस्ताप्रति लक्षित गरेको उपन्यासकार लामाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘चितवनको देवघाट क्षेत्रको परिवेशलाई केन्द्रित गरेर उपन्यास तयार गरिएको छ । यसमा वैदेशिक रोजगारीको बाध्यात्मक परिस्थिति र माओवादी द्वन्दलाई चित्रण गरिएको छ । ’ दलदल उपन्यासबाट पाठकले नेपाली समाजको सामाजिक परिवेशलाई सजिलै बुझ्ने छन् ।

को हुन् हिरा लामा ?

बारा जिल्लाको डुमरवानाबाट विद्यालय शिक्षा सुरु गरेका उपन्यासकार लामा विद्यालयदेखि नै साहित्यिक पत्रिकाहरु मधुपर्क र गरिमा अध्ययन गर्ने बानीले साहित्य लेखनमा प्रवेश गरेका हुन् ।

चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसबाट बीएस्सी र अर्थशास्त्रमा एमए गरेका उनी अहिले विगत एक वर्षदेखि पर्वत जिल्लाको पातीचौर बजारमा शिक्षकको रुपमा काम गरिरहेका छन् । भरतपुर प्रेमबस्तीका स्थायी बासिन्दा हिरा लामाको यसअघि २०६२ सालमा लघुकथा संग्रह ‘बाज र परेवा’ र २०६७ सालमा अर्काे कथा संग्रह ‘जेब्रा र हुँडारहरु’ प्रकाशित भइसकेका छन् । साहित्यकार लामा कला र अभिनयमा पनि विशेष रुचि राख्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>