Breaking News
प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउँदै रवि लामिछाने
०

काठमाडौँ, माघ १३–
नागरिकता अयोग्य ठहर भएका रवि लामिछानेले बालुवाटार गएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले जानकारी दिए । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि बालुवाटार जान लागेका हुन् । रवि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























