नवलपरासी

नवलपरासीकी एक महिला र अर्का व्यक्ति सयभन्दा बढी राहदानी र पुलिस रिपोर्ट सहित विमानस्थलबाट प्रकाउ

Banner

काठमाडौं, माघ १३-

अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको पासपोर्ट १ सय १ थान र पुलिस रिपोर्ट ७९ थान सहित २ जना प्रकाउ परेका छन् ।

हिजो (बिहीबार) दिउँसो प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङलाई प्रकाउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र वाह्य् मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>