स्वास्थ्य

आइसियूमा भिडिओ कसले खिच्यो थाहा भएनः स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की

Banner

काठमाडौं, माघ १२-

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले आफूले आइसियूमा बिरामी भेटेको भिडिओ कस्ले खिच्यो भन्नेबारे जानकार नभएको बताएकी छन्। राज्यमन्त्री कार्कीले आफू बिरामी भेट्नमात्र अस्पताल पुगेको बताउँदै भिडिओबारे केही कुरा थाहा नभएको जिकिर गरिन्।

‘म आफैं पनि डाक्टर भएकाले र राज्यको प्रतिनिधि पनि भएकाले त्यो क्षणमा बिरामीको स्वास्थ्य स्थिति बुझ्न गएका हौं। अब कसले फोटोरभिडिओ खिच्यो भन्ने याद भएन,’ राज्यमन्त्री कार्कीले भनिन्। गत मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आफैंलाई आगो लगाएर गम्भीर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यलाई भेट्न त्यही साँझ राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगेकी थिइन्। तर त्यसको केहीबेरमै उनी बिरामीलाई भेट्न केही क्यामेरावालासहित आइसियुमा छिरेको भिडिओ बाहिर आएपछि सो कुराको आलोचना भएको थियो।

भिडिओबारे आफू जानकार नभए पनि राज्यमन्त्री कार्कीले आइसियूभित्र भिडिओ खिच्न नपाइने बताएकी छन्। ‘बिरामी वा बिरामीको अभिभावकको अनुमतिबिना भिडिओ खिच्न पाइँदैन। कसले खिच्नुभयो त्यो मलाई जानकारी छैन,’ उनले भनिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>