प्रवास
मलेसियामा सन्तोष भट्टलाई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अवार्ड

मलेसिया, माघ १०–
मलेसियामा रहेका चितवनका युवा सामाजिक व्यक्तित्व एवं तेक्वान्दो खेलाडी सन्तोष भट्ट (हेम) अन्तर्राष्ट्रियस तेक्वान्दो च्याम्पियनसिप अवार्डबाट सम्मानित भएका छन् ।
चौथो अन्तर्राष्ट्रिय सोसल अवार्ड अन्तरगत तेक्वान्दो खेलबाट समाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै भट्टलाई उक्त अवार्ड प्रदान गरिएको हो । मलेसियामा मंगलबार भएको अवार्ड वितरण समारोहमा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले भट्टलाई अवार्ड प्रदान गरे ।
कार्यक्रममा भट्टले नेपाली समुदायको पहिचान र नेपाली खेलाडीको प्रोत्साहनको लागि पुर्याएको योगदानको चर्चा गरिएको थियो । चितवनको खैरहनी–१० निवासी युवा सन्तोष भट्ट मलेसियामा रहेर पनि खेलकुदलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आइरहेका छन् । उनी हालसालै पाङ्कोर आइल्याण्ड अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२२ मा नेपालको तर्फबाट सहभागिता जनाउँदै स्वर्णपदक जितेका थिए ।
क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा भएको अवार्ड वितरण कार्यक्रममा अन्य विभिन्न विधामार्फत सामाजिक क्षेत्रमा योगदान पुर्याएकाहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो । कार्यक्रम इभेन्टका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।