Breaking News

लक्ष्मी महतोलाई किन अपराधी भन्ने ? उनी प्रधानमन्त्री बन्न सक्छन्ः रघुवीर महासेठ

Banner

काठमाडौं,माघ १०-

नेकपा एमालेका सांसद रघुवीर महासेठले लक्ष्मी महतो अपराधी नभएको जिकिर गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद महासेठले यस्तो जिकिर गरेका हुन् । ‘लक्ष्मी महतोलाई किन अपराधी भन्ने ? उनी प्रधानमन्त्री बन्न सक्छन्। उनी लोकप्रिय नभएको महोत्तरीबाट चुनाव जितेर आउनु हुन्थ्यो। ओली, देउवा, नेपाल जेल गएका छैनन् र ? अहिलेका प्रधानमन्त्रीमाथी आतंककारीको आरोप लागेको थियो’, उनले भने।

सांसद महासेठले महतो पार्टीको सम्पर्कमा नभएको बताए। ‘महतो पार्टीको सम्पर्कमा छैनन्। नियन्त्रणमा लिएको भए जानकारी दिनुपर्‍यो। गृहलाई आग्रह समाउनु पर्ने भए समाउनूहोस्। एमालेका कुनै पनि नेताले अवरोध गर्दैन’, उनले भने। महतोलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दिएको भन्दै उनले अपराधीलाई किन पुरस्कार दिइयो भनी प्रश्नसमेत गरे।

‘लक्ष्मी महतो अपराधी नै हुन् त ? उनलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दियो। त्यो हेर्नू पर्दैन ? सात वर्ष भइसक्यो घटना भएको। ३ वर्ष भो उच्च अदालतले आदेश भएको। किन नसमातेको ? उनलाई त सरकारले सम्मान गरेको छ’, सांसद महासेठले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>