चितवन विशेष

जन्मदिनमा देवघाटको रामजानकी बालिका आश्रममा आश्रितलाई भोजन

Banner

चितवन, माघ ९-

भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी पारसजंग कार्कीको जन्मदिनमा देवघाटमा रहेको आश्रममा आश्रित बालिकाहरुलाई भोजन गराइएको छ ।

लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्रीरामजानकी बालिका आश्रमका बालिकाहरुलाई खाना खुवाउँदै छोराको जन्मदिन मनाइएको पारसका बुबा हरि कार्की ’लक्की’ ले जानकारी दिए ।

जन्मदिनको अवसरमा धेरै पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो बालिका तथा बृद्धबृद्धाको सेवा गर्नु पाउदा निकै नै खुसी लागेको कार्कीले बताए । आश्रमलाई आवश्यक परेको खण्डमा व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गर्ने कार्कीले बताए । नेपाली मौलिक संस्कृतिलाई जोड दिने उद्देश्यले आश्रममा आश्रित बालिकाहरूले हिन्दू धर्म अनुसार विभिन्न खालका मन्त्र उच्चारण गर्दै जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रममा परिवारसहित समाजसेवी चन्द्र कायस्थ, श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम) का अध्यक्ष साबित्री टण्डन, महासचिव रामेश्वर खनाललगायतको सहभागिता रहेको थियो ।

आश्रमकी अध्यक्ष टण्डनका अनुसार कसैको जन्मदिन, कसैको पुण्य तिथि तथा कसैको विवाह उत्सवलगायत कार्यक्रमबाटै आश्रम सञ्चालन भइरहेको छ । विसं २०६७ सालमा स्थापना भएको आश्रममा ३७ जना बालिका रहेका छन् । आश्रमको आफ्नै भवन निर्माणको चरणमा छ । आश्रम निर्माणको क्रममा रहेकाले भौतिक तथा आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संघ÷संस्थाहरुका लागि आश्रमको ढोका संधै खुला रहेको अध्यक्ष टण्डनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>