चितवन विशेष

प्रेस चौतारी चितवनका संस्थापक पोखरेलले गरे पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग

Banner

चितवन, माघ ९–

प्रेस चौतारी चितवनका संस्थापक हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् ।

प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्षसमेत रहेका पत्रकार पोखरेलले जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । संगठनका जिल्ला अध्यक्ष सुवास पण्डितमार्फत कोषका लागि सो रकम सहयोग गरेको पोखरेलले बताए ।

चौतारी चितवनले स्थापना गरेको कोषले पत्रकारहरुको हक, हित सुरक्षा र समस्यामा सानो भए पनि योगदान हुने ठानेर सहयोग गरेको पोखरेलले बताए । आफूले जन्माएको संगठनले सिर्जनात्मक र रचनात्मक उद्देश्य राखेर कोषको स्थापना गरेकोमा आफू खुसी भएको पोखरेलले बताए ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर कोष स्थापना गरिएको हो ।

प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम गर्न, पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा सहयोग गर्ने जनाएको छ । साथैं चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्नु लगायतका विभिन्न उद्देश्य कोषको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>