Breaking News

अवैध रुपमा उत्खनन् गरिएका ढुंगा–बालुवा कालिका नगरपालिकाद्वारा जफत

Banner

चितवन, माघ ८-

चितवनको कालिका नगरपालिकाले अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य सामग्री जफत गरेको छ । कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा पारिएको नदीजन्य सामग्रीको नगरपालिकाले जफत गरेको हो ।

वडा नं.८,९, १० र ११ नम्बरका विभिन्न स्थानमा जथाभावी रुपमा खोला दोहन गरेर संकलन गरिएका सामाग्री नगरपालिकाले जफत गरेको हो । त्यस्तै जफत गरिएको उक्त सामाग्री वडा नं.७ को वडा कार्यालय अगाडि जम्मा गरिएको नगरपालिकाका प्रमुख विनोद रेग्मीले नारायणी अनलाइनलाई जानकारी दिए ।

नगर प्रमुख रेग्मी भन्नुहुन्छ, हामीले पुस २९ गतेदेखी जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा कयर र सिन्ती खोलाबाट उत्खनन् गरिएका ५०० टिप्पर ढुङ्गा, ग्राभेल, बालुवा जफत गरेका हौँ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>