माैसम

सोमबार र मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

Banner

काठमाडौं, माघ ८-

आज थोरै स्थानमा आंशिक बदली भए पनि मौसम सामान्यतया सफा रहेपनि भोलि (सोमबार) र मंगलबार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली हुँदा बाँकी सबै क्षेत्रको मौसम सामान्यतया सफा छ ।

तर, सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>