Breaking News

आगामी सातासम्मै वर्षाको सम्भावना, चट्याङबाट जोगिन विज्ञको आग्रह

Banner

काठमाडौँ, वैशाख २७-

आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ । यी सबैको संयुक्त प्रभावले बादल लाग्ने र पानी पर्ने भएको हो । आज बिहानपख पनि कोशी प्रदेशमा हल्का र काठमाडौंमा छिटपुट वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले काठमाडौंमा अहिले घाम लागे पनि दिउँसो फेरि बादल लाग्ने र पानी पर्ने बताइन् । ‘भोलि पनि बादल लाग्छ, तर वर्षाको सम्भावना कम छ । पर्सि शनिबारदेखि फेरि पानी पर्ने क्रम बढ्छ,’ उनले भनिन्, ‘जुन महिना नजिकिँदै छ, त्यसैले अब यस्तो हुनु सामान्य हो ।’

उनका अनुसार पहाडी भागमा बढी पानी पर्ने र उच्च पहाडी तथा हिमाली भागमा हिमपात पनि हुने सम्भावना रहेको बताइन् । महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार आज दिउँसो नेपालको पूर्वी भागमा पानी पर्ने सम्भावना छ । भोलि शुक्रबार पूर्वी भागमा आंशिक बदली हुने र दिउँसो पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने अधिक वर्षाको सम्भावना रहेको पोखरेलको प्रक्षेपण छ । विज्ञहरू यो मौसममा उच्च गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले त्यस्ता गतिविधिबाट बच्ने उपायहरू अपनाउन आग्रह गर्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>