समाचार

दादुरा संक्रमणबाट २४६ बालबालिका संक्रमित, महामारी क्षेत्र अवलोकन गर्न स्वास्थ्य मन्त्रीसहितको टोली बाँके जाने

Banner

काठमाडौं, माघ ७-

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहितको टोली दादुरा प्रकोप प्रभावित क्षेत्र बाँकेको अवलोकनका लागि जाने भएका छन्।

मन्त्रालयका योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमूख डा कृष्ण पौडेलको टोली दादुरा महामारी फैलिएको क्षेत्रको अवलोकन गर्न बाँके जान लागेका हुन् ।

गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमणबाट २४६ जना बालबालिका संक्रमित भइसकेका छन् भने १ जनाको मृत्यु समेत भइसकेको छ। गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो समय,नरैनापुर,कोहलपुरसम्म पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>