Breaking News

ओलीले नेपाललाई फेरि सँगै परिएछ भन्दा मैले यसरी सँगै परियो भने माया पलाउँदै जाने प्रतिक्रया दिएँः भट्टराई

Banner

काठमाडौँ, माघ ६-

शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको एकै साथ भेट भएको छ । नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहणको कार्यक्रममा उनीहरुको भेट भएको हो । भेटको क्रममा उनीहरु एकै साथ एकै लहरमा बसेका छन् ।

‘एकै लहरमा बस्ने क्रममा ओलीले नेपाललाई ठट्टा गदै हामी फेरि सँगै परिएछ भनेको छन् । तर, ओलीको उक्त ठट्टा प्रति सँगै पर्नु राम्रै भएको र यसरी धेरै सँगै परियो भने माया पलाउँदै जाने भनेर मैले पनि ठट्टा गरें,’ भट्टराईले भने।

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच पार्टी विभाजनपछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ११ मा शपथ लिँदा कुराकानी भएको थियो। त्यसबेला दुई नेताबीच सामान्य कुराकानी भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>