समाचार

कोसी अस्पतालले मृत घोषणा गरेको शिशुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार

Banner

काठमाडौँ, माघ ५-

कोसी अस्पतालले जीवित शिशुलाई मृत घोषणा गरेको छ । जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोसी अस्पताल लगिएको थियो ।

त्यस्तै इमर्जेन्सीमा उपचारका गरिएको उक्त शिशुको धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डाक्टर आकाश यादवले मृत घोषणा गरेका हुन्। तर, चिकित्सकले बच्चाको मृत्यु घोषणा गरेसँगै अस्पतालमा तनावग्रस्त भएको थियो । मृत्यु घोषणा गरेको उक्च शिशुलाई उनको आफन्तले आकस्मिक कक्षबाट बाहिर पछि पनि चलमलाएका थिए। अहिले ती शिशुलाई विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ।

त्यस्तै डा. आकाश यादवले शिशुको उपचारमा संवेदनशीलतापूर्वक उपचार नगरी मृत घोषणा गरिएको भन्दै ती शिशुका बुवा दिलीप मुखिया र आमा उमा मुखियाले आरोप लगाएका हुन्। उक्त घटना पछि अनुसन्धान गरेर सात दिनभित्र प्रतिवेदन बुझाउने गरी आज (बिहीबार) तीन सदस्य छानबिन समिति गठन गरिएको हो। छानबिन समितिमा बाल रोग विशेषज्ञ डा. प्रवीण झा, डा. सूर्यकान्त चौधरी र एकजना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>