नवलपरासी

नवलपरासीमा पहिलो पटक गर्भवती र सुत्केरीलाई पौष्टिक अहार उपलब्ध

Banner

नवलपरासी, माघ ५-

नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) का सात पालिकामध्ये पहिलो पटक रामग्राम नगरपालिकाले आठ सय ९५ गर्भवती तथा सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको छ ।

जिल्लाका सात स्थानीय सरकारमध्ये यस नगरपालिकाले पहिलो पटक छ सय १९ गर्भवती र दुई सय ७६ सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको नगरप्रमुख धनपथ यादवले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रका अधिकांश महिला सुत्केरी तथा गर्भवती भएको अवस्थामा पर्याप्त पोषण सहित खानेकुरा खान नपाउँदा बच्चा र आमाको स्वास्थ्य विग्रन सक्ने जनाउँदै सबै वडाका गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहारसहित झोला वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>