स्वास्थ्य

उपमहासचिव वर्षामान पुनको कलेजो प्रत्यरोपण गरिँदै

Banner

काठमाडौं, माघ ४-

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो । लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार पुनको कलेजोले ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ, त्यसैले कलेजो प्रत्यारोपण नै गर्नुपर्छ ।

‘अहिले उहाँको कलेजोमा समस्या देखिएको छ । जसले गर्दा पित्तको मात्रा बढ्ने गरेको छ’, डा. शर्माले अनलाइनखबरसँग भने, ‘अबको थप उपचार कलेजो प्रत्यारोपणमै जानुपर्ने हुन्छ ।’
सुमेरु सिटी अस्पतालमा ल्याइएपछि पुनको पेटबाट साढे २ लिटर पानी निकालिएको थियो । ‘८० प्रतिशत कलेजोले काम गर्न अल्छिपन ल्याएको अवस्थामा पेटमा पानी देखा पर्छ’, शर्माले भने, ‘केही हप्ता वा महिनामा कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिन्छ ।’

अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको छ । प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको डा। शर्मा जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>