चितवन विशेष

रत्ननगरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा दिगोपना तयारी गोष्ठी

Banner

रत्ननगर, माघ ४–

स्वास्थ्य कार्यालय चितवनको आयोजना एवं रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा स्थानीय तहस्तरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपना सरसफाइ प्रवर्द्धनसम्बन्धी एकदिने तयारी गोष्ठी सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिकाका १६ वटै वडाका स्वास्थ्य केन्द्र प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नगरपालिकाभित्र एक वर्षभित्रमा भएका खोप कार्यक्रमको उपलब्धि र स्वास्थ्य गतिविधि प्रस्तुत गरेका थिए ।

गोष्ठीमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईं, वरिष्ठ क्षयकुष्ट अधिकृत जयराम दुवाडी, खोप प्रमुख वेदप्रसाद अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए । उनीहरुले पूर्ण खोप दिगोपनाका लागि १६ महिनादेखि २३ महिनाभित्रका सबै बालबालिकामा १३ किसिमका खोप लगाउनुपर्ने बताए ।

वडातहदेखि स्थानीय सरकार र जिल्लातहमा स्वास्थ्य कार्यालय चितवनले आवश्यक समन्वय गरी चितवनलाई वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि सबैको सक्रिय सहभागिता र जवाफदेहिता आवश्यक रहेको बताए । उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक तथा वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>