चितवन विशेष

भरतपुरमा अटिजम भएका विद्यार्थीहरुले पाए न्यानो कपडा

Banner

चितवन, माघ ३-

भरतपुर महानगरपालिका भित्रका अटिजम भएका विद्यार्थीले न्यानो कपडा पाएका छन् ।

महानगरपालिकाले अटिजम विद्यालयमा अध्ययन गरिरहेका करिब ५०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

भरतपुरकी मेयर रेनु दाहालले न्यानो कपडा वितरण कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बताएकी छन् ।
मंगलबार भरतपुर महानगरपालिकामा रहेका अटिजम विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै मेयर दाहालले भरतपुरको शैक्षिक गुणस्तर वृद्धि गर्न यो कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरेकी हुन् ।

फरक क्षमता भएका विद्यार्थीलाई प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिएको मेयर दाहालले बताइन् । विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याउनको लागि महानगरपालिकाले विद्यार्थीमैत्री धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिइन् । निःशूल्क र आद्यारभूत शिक्षा उपलब्ध गराउन महानगरले विद्यालयको अवस्था हेरेर निःशुल्क बस वितरण, निःशुल्क खाजा, छात्रावृत्तिलयायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यो सँगै भरतपुर महानगरपालिकाले यस वर्ष दिने न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ । यस वर्ष एक हजार ४३० जनालाई न्यानो कपडा वितरण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यलले जानकारी दिए । यसअघि महानगरपालिकाले भरतपुरका १२ वटा सामुदायिक विद्यालयका विपन्न एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ । विषेशगरी चिसो मैसमका कारण विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित हुन परोस् भन्ने उद्देश्यले विगत चार वर्षदेखि न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>