चितवन विशेष
भरतपुरमा क्रिकेट रंगशाला निर्माण अवरुद्ध भएकोमा मेयर दाहालद्वारा श्रेष्ठको ध्यानाकर्षण

चितवन, माघ ३-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भई रहेको विकास निर्माणको कार्यबारे उपप्रधान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार भरतपुर महानगरपालिका सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले मन्त्री श्रेष्ठलाई भरतपुरमा निर्माणाधिन संघीय आयोजनाामा भएका ढिलासुस्ती, अवरोध, जटिलता र भरतपुरमा आवश्यक पूर्वाधारको विषयमा ध्यानाकर्षण गराएकी हुन् ।
मेयर दाहालले भरतपुरको बाइपास सडकखण्ड सात वर्षसम्म पनि निर्माण हुन नसकेको, भरतपुरको रिङरोड निर्माण थप बजेटको आवश्यक परेको, क्रिकेट रंगशाला निर्माण अवरुद्ध बनेको लगायतको विषयमा ध्यानाकर्षण गराएकी थिइन् ।
भरतपुरको विकास निर्माणबारे विचार राख्दै उपप्रधानमन्त्री श्रेष्ठले भरतपुरको विकासमा भौतिक पूर्वाधार मन्त्रालय सकारात्मक रहेको उल्लेख गरे ।























