Breaking News
मुग्लिङ–पोखरा सडकखण्डको काम छिटो सक्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
०

चितवन, माघ ३-
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुग्लिङ पोखरा सडकखण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले सोमबार आबुखैरेनीमा मुग्लिङ–पोखरा सडक खण्डको प्रगति अवस्था बारे त्यहाँको आयोजना निर्देशक, परामर्शदाता र कन्ट्याक्टरसँग छलफल गरेका थिए । सो क्रममा उनले छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठले आज भरतपुरका सडकहरूको अनुगमन गरेका छन् । साथै नारायणघाट–बुटवल सडक खण्डको निरीक्षण गर्ने कार्यक्रम छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























