चितवन विशेष
भरतपुरको बिस हजार जेसीजको अध्यक्षमा प्रमिला सुवेदी

चितवन, माघ २-
भरतपुरको बिस हजार जेसीजको अध्यक्षमा महिलाको रुपमा पहिलो पटक प्रमिला सुवेदी चयन भएकी छन् ।
जेसिसले सन २०२३ का लागि महिला अध्यक्ष प्राप्त गरेको हो । आइतबार भएको सम्मान तथा पद हस्तारण कार्यक्रममा जेसीजका २०२२ का अध्यक्ष बेधराज न्यौपानेले सन् २०२३ का लागि सुवेदीलाई पद हस्तान्तरण गरेका हुन् । पद हस्तान्तरण पछि निर्वतमान अध्यक्ष न्यौपानेले आफु जिवनभर जेसीजमा लागेर योगदान दिइरहने जानकारी दिए ।
कार्यक्रममा सम्पुर्णलाई धन्यवाद दिँदै नव निर्वाचित अध्यक्ष सुवेदीले जेसीजमा लाग्ने प्रेरणाको स्रोत आफ्नै सहयात्री श्रीमान् नेपाल जेसीजका पूर्वअध्यक्ष अरुणेश्वर खनाल रहेको बताउँदै सन् २०२३ मा आफूले जेसीजका क्षेत्रहरुलाई समेटेर कार्यक्रम गर्ने जानकारी दिइन् ।
कार्यक्रममा भरतपुर ११ का वडा अध्यक्ष कमलबहादुर मल्ल, नेपाल जेसीजका उपाध्यक्ष निरुपित राधिका भुषाल, होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुके, भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, प्रहरी तालिम केन्द्र भरतपुरका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारी,नेपाल जेसीजका पूर्वअध्यक्ष अरुणेश्वर खनाल, बागमती प्रदेशका सभाका सदस्य उत्तम जोशीलगायतले कार्यक्रममा बधाई तथा शुभकामना मन्त्व्य राखेका थिए ।
बीस हजार जेसीजका निवर्तमान अध्यक्ष न्यौपानेले आफ्ना कार्यकालमा अतुलनीय सहयोग पुराउने ब्यक्ति तथा संस्थाका सदस्यहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।

























