चितवन विशेष
माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ भरतपुर–२६ द्वारा १२ जना सम्मानित

चितवन, माघ २–
नेपाल मगर संघ भरतपुर–२६ दिव्यनगर चितवनले १२ जनालाई सम्मान गरेको छ ।
मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व माघे संक्रान्ति (माघ्या सकराटी) मिनाम सार ल्होस –५०१६ को अवसरमा विभिन्न विधामा उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा युवराज थापा मगर र शान्तामाया थापा मगर रहेका छन् । उनीहरु दुई जनालाई अनुशासनको विधाबाट सम्मान गरिएको हो । क्रमशः उत्कृष्ट भेषभुषाबाट वीरबहादुर सारु मगर, चम्पा बुढाथोकी सम्मानित भएका छन् । उत्कृष्ट नृत्यतर्फ आशा थापा मगर, स्मृति रानामगर, महिमा राना मगर सम्मानित भएका छन् ।
मगर समाजलाई योग्दान पु¥याएकोमा सांस्कृतिक टोलीका सचिव प्रतिक थापा मगर, अस्मिता थापा मगर र सुनिता बुढा मगरलाई सम्मान गरिएको छ । जिल्ला विद्यार्थी संघबाट उत्कृष्ट नृत्य प्रस्तुति तर्फ नितु मगर र प्रिज्मा आले मगर सम्मानित भएका छन् ।
नेपाल मगर संघ भरतपुर–२६ का अध्यक्ष टेकबहादुर थापा मगरले उनीहरुलाई मायाको चिनोले सम्मान गरेका हुन् । सम्मानले भावी दिनमा आफ्नो समूदाय प्रति अझ जिम्मेवार बनाउने विश्वास अध्यक्ष मगरको छ ।























