चितवन विशेष

भरतपुरका मगर समुदायले सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाए

Banner

चितवन, माघ २–

नेपाल मगर संघ भरतपुर–२६ दिव्यनगरले सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति (माघ्या सकराटी) मनाएका छन् ।

भेग र समुदाय अनुसार भिन्नभिन्न ढंगले मनाउने क्रममा मगर समुदायले मिनाम सार ल्होस –५०१६ जमघट तथा सांस्कृतिक कार्यक्रम गरी मनाएका हुन् ।

यस दिन धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गरी पर्व मनाउने गरेको नेपाल मगर संघ भरतपुर–२६ का अध्यक्ष टेकबहादुर थापामगरले बताए । उनले भने, ‘हामी मगर जातिले श्राद्ध गर्दैनौं । यस दिन स्नान गरी पितृलाई पानी चडाई गुम्बामा लाख बत्ती जलाएर पितृहरुलाई सम्झन्छौं । र, चेलीबेटी पूजी, मौलिक नाँचगान गरिन्छ ।’

मगरहरूको सांस्कृतिक पर्व घोषणा भइसकेको माघे संक्रान्ति मगर समुदायले नयाँ वर्षका रुपमा समेत मनाउन गरेको थापामगरको भनाइ छ । ‘यही समयमा अन्न बाली स्याहार्ने र नयाँ अन्न लगाउने तयारी गरिन्छ । यसका कारण पुर्खौदेखि हामीले नयाँ सालको रुपमा मनाउँछौं,’ उनले भने । समाज विकासको कारण यस पर्व मनाउने तरिका फरक हुँदै गएको उनको भनाइ छ ।

साथै यस दिन गिठा, भ्याकुर, तरुल, सखरखण्ड, बटुक, सेल रोटी, अचारलगायत विशेष परिकार खाइने उनले बताए । नेपाल मगर संघ भरतपुर–२६ का सल्लाहकार सदस्य वीरबहादुर सारुमगरले पर्व र सांस्कृतिक कार्यक्रमले छरिएर रहेको मगर समूदायलाई एक जुट बनाएको जीकिर गरे । आफ्नो पहिचान, संस्कार र संस्कृति जोगाउन भूमिका खेल्ने संस्थापक, अध्यक्षदेखि सम्पूर्ण कार्यसमिति सदस्य प्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा नेपाल मगर संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगर, सचिव सजन मगर, नेपाल मगर संघ भरतपुर–२६ संस्थापक अध्यक्ष मनकुमारी राना मगर, पूर्वअध्यक्ष प्रितम बहादुर थापामगरलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>