आगलागी

उद्धारकर्मी भन्छन्वि: विमान ठोक्किँदा उछिट्टिएका मात्र बाँचेका हुन सक्छन्

Banner

काठमाडौं, माघ १-

कास्कीमा आइतबार भएको विमान दुर्घटनामा ठूलो मानवीय क्षतिको प्रारम्भिक आशंका गरिएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए। १० बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको यति एयरलाइन्सको विमान ११ बजेर १० मिनेट आसपासमा पहाडको भित्तामा ठोक्किएर खोँचमा खसेको थियो। विमानमा लागेको आगो अझै निभिसकेको छैन।

‘ठूलो भिरमा ठोक्किएर विमान खोँचमा खसेको देखिन्छ। भिरमा ठोक्किँदा तीन चार जना उछिट्टिएको देखिन्छ। उनीहरू मात्र जीवित रहेका हुन सक्छन्’, ती अधिकारीले भने। हालसम्म २७ जनालाई दुर्घटनाग्रस्त विमानबाट निकालिएको छ। अझै ४५ जना निकाल्न बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>