Breaking News

चितवन महोत्सवमा मौरीको प्रतिमा आकर्षणको केन्द्र

Banner

निरुता वि.क,
चितवन, माघ १–

चितवन महोत्सवमा निर्माण गरिएको मौरीको मुर्ति आकर्षणको केन्द्र बनेको छ । महोत्सव घुम्न आउनेहरुले मौरीको मुर्तिको अवलोकन गर्ने र फोटो खिच्ने गरेका छन् । चितवन तोरी उत्पादनका लागि प्रख्यात जिल्ला मानिन्छ । यसकारण पनि यहाँ तोरीबारी सहितको मौरीको प्रतिमा निर्माण गरिएको हो । मौरी र महको महत्व उजागर गर्ने र चितवनलाई तोरीको जिल्लाको रुपमा चिनाउन प्रतिमा निर्माण गरिएको महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा चितवनमा पाइने बन्यजन्तुहरुको कलात्मक सृजनाका रुपमा मुर्तिहरु निर्माण गरिएको छ । फाइबर,माटो र फलामको रड लगायतले बनेको मुर्तिले चितवनको महलाई प्रवद्र्धन गर्ने उहाँको भनाई छ । चितवनमा यसबर्ष तोरीको उत्पादन बृद्धि भएको छ । तोरीको उत्पादन बढ्नुमा मौरीको महत्वपुर्ण भुमिका हुन्छ ।

भरतपुर ७ बाट चितवन महोत्सव घुम्न जानुभएका रमेश गुरुङले मौरीको प्रतिमा आकर्षक लागेको बताउनुभयो । उहाँले महोत्सव घुम्दा पनि तोरीबारीमा घुमेजस्तो अनुभव भएको सुनाउनुभयो । मुर्तिकार सूर्यबहादुर केसीले तोरीको उत्पादन प्रवद्र्धन गर्न र मौरीको महत्व उजागर गर्न महोत्सवमा मौरीको मुर्ति राखिएको बताउनुभयो । उहाँले नै यो मुर्ति बनाउनुभएको हो । ‘मौरी धेरै बिरुवा चाहार्ने किरा हो,उहाँले भन्नुभयो, परागशेचनमा ९५ प्रतिशत मौरीको भूमिका रहन्छ ।’

गत बर्षको मौरीको मुर्ति

गत आर्थिक वर्षमा पनि चितवन महोत्सवमा मौरीको मुर्ति बनाएको तर कोरोनाको त्रासले चार दिन चलेर महोत्सव बन्द भएको उहाँले बताउनुभयो । गत वर्षको महोत्सवमा बनाइएको मौरीको मुर्तिले पर्याप्त दर्शक पाउन नसके पनि यस वर्ष बनाइएकोे मुर्ति धेरै दर्शकले हेर्न पाएको बताउनुभयो । ‘पहिले प्रत्यक्ष अवलोकन गरेर मूर्ति निर्माण गरिएको हो,उहाँले भन्नुभयो, जसलाई बनाउन चिम्टाइलो माटोमा आकार बनाउँदै त्यसलाई ढलाइ गर्दै रेजिन र फाइबर मिसाएर बनाइएको छ ।’ यो मुर्ति बनाउनको लागि एक लाख ७५ हजार खर्च लागेको उहाँले बताउनुभयो । २१ दिन लगाएर पाँच जनाको समूहले यो मुर्ति बनाएका थिए ।

मुर्तिकार केसी भन्नुहुन्छ, ‘मौरीको प्रतिमा निमार्णको क्रममा सबैभन्दा बढी कठिन पखेटा, नङ्ग्रा, जिब्रो र मुर्तिमा रौं बनाउन थियो । जसमा पखेटा निर्माणका लागि मात्रै भनेर एक हप्ताको समय छुट्याइएको थियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>