Breaking News

माओवादी नेता वर्षमान अस्वस्थ, रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइयो

Banner

काठमाडौं,पुस ३०-

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थ भएका छन् । माघी मनाउन उनी गृह जिल्ला रोल्पा गएका थिए । रोल्पामै रहँदा अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याएर सुमेरू अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई पुरानै जण्डिसको समस्या देखिएको हो । पुनले केही समय पहिला मात्र चीनमा उपचार गराएका थिए । त्यसअघि पनि उनी उपचारका लागि लामो समय चीनमा बसेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>