राजनीति

प्रचण्ड नेतृत्वको सरकारमा लोसपामा पनि सहभागी हुने

Banner

काठमाडौं,पुस ३०-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । सरकारलाई विश्वासको मत दिएपछि आफूहरु पनि सत्तापक्षकै भएकाले सरकारमा जान तयार भएको लोसपाले बताएको छ ।

सरकारमा सहभागी हुने बिषयमा पार्टी अध्यक्ष अहिले छलफलमा रहेको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए। उनले भने, ‘हाम्रो पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई समर्थन गर्ने र सहभागी हुने निर्णय गर्ने अधिकार अध्यक्षज्युलाई नै दिएका थियौं। उहाँले भनेपछि विश्वासको मत दिएका हौं।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पनि आफूहरुलाई सरकारमा आउन प्रस्ताव आएको बताए।

उनले भने, ‘विश्वासको मत दिएपछि हामीलाई सरकारमा आउन प्रधानमन्त्रीज्युले पनि आग्रह गरिसक्नुभएको छ। अहिले अध्यक्षज्यु छलफलमा हुनुहुन्छ। सबै निर्णैय गर्ने अधिकार उहाँलाई नै दिइसकेका छौं।’

सरकारले ल्याएको नीति तथा कार्यक्रममा आफ्ना केही एजेण्डा समावेश भएपछि विश्वासको मत दिएको उनको भनाइ छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>