समाचार

थुनाबाट बाहिर निस्किएपछि क्यानले सन्दीपलाई स्वतः कप्तान फिर्ता दिनुपर्छ: सन्दीपका वकिल घिमिरे

Banner

काठमाडौं, पुस २९-

अदालतले धरौटीमा छाड्न आदेश दिएका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने उनका वकिलले बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ । साथै शर्तहरु राखेको छ ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएका छन् । अब उनलाई प्रक्रिया पु¥याएर जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइनेछ र तारेख लिएर छुट्ने छन् ।

त्यसपछि राष्ट्रिय टिममा फर्किनसक्ने घिमिरे बताउँछन् । सन्दीपलाई भेटेपछि उनले भने, ‘थुनाबाट बाहिर निस्किएपछि क्यानले उनलाई स्वतः कप्तान फिर्ता दिनुपर्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>