चितवन विशेष

खिचरा महोत्सवमा सेन्ट्रल कलेजको सहकार्य

Banner

चितवन,पुस २८-

उच्च शिक्षा अध्ययन गर्न विभिन्न देश जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आइरहेको सेन्ट्रल कलेजले चितवनमा बिहिबारदेखि सुरु भएको खिचरा महोत्सवमा सहकार्य गरेको छ । खिचरा महोत्सव थारु जातीको संस्कृती र संस्कारको जगेर्ना गर्न आयोजना गरिएको हो । विभिन्न जातजाति र भाषाभाषिका सांस्कृतिक कार्यक्रममा सहकार्य गर्दै आएको सेन्ट्रल कलेजले थारु जातीको पहिचानसंग जोडिएको खिचरमा महोत्सवमा सहकार्य गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल (वाइबी) ले जानकारी दिनुभयो । उहाँले महोत्सवमा कलेजले प्रायोजन गरेर सहकार्य गरेको बताउनुभयो ।

बिहिबारदेखि सुरु खिचरा महोत्सवको गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्नुभएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघ १ गते खिचरा पर्वको अवसरमा खिचरा महोत्सव गर्दै आएको छ ।

महोत्सवमा देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई महोत्सवमा प्राथमिकता दिइएको छ । थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको छ । महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययन गर्न जापान,अष्ट्रेलिया,क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आइरहेको छ । चितवनमा केन्द्रिय कार्यालय रहेको कलेजले देशकै उत्कृष्ट शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>