Breaking News

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

Banner

काठमाडौं, पुस २८-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।
संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छैन।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने ओली बालुवाटार पुगेका हुन्। यसअघि बुधबार साँझ ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनको निवास बालकोट पुगेका थिए । मन्त्रालय भागबन्डा गर्न आज सत्तारूढ घटकको बैठक बस्ने भनिएको थियो । तर अहिलेसम्म उक्त बैठक बस्ने÷नबस्ने टुंगो छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>