चितवन विशेष

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’ को चितवनमा प्रिमियर

Banner

काठमाडौँ, पुस २८-

शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’को बुधबार साँझ चितवनमा भब्य प्रिमियर गरिएको छ । चिनवनको सिजी मलको सिने प्लेक्स हलमा आयोजित प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति थियो । प्रिमियरमा दर्शकले फिल्म राम्रो भएको प्रतिक्रिया दिएको निर्देशक रमेश एमके पौडेलले बताए । फिल्म प्रिमियर अगाडि कलाकार टोली केही दिनदेखि जारी चितवन महोत्सव २०७९ मा पनि सहभागी भएको थियो । ‘प्रिमियरमा सहभागी सबैले फिल्मले मन छोयो भनेका छन्’ निर्देशक पौडेलले भने, ‘सार्वजनिक प्रदर्शनमा भने के हुने डर लागेको छ ।’ फिल्मको प्रदर्शन पनि राम्रो हुने आशा गरिएको उनले सुनाए ।

प्रिमियरका लागि काठमाडौंबाट निर्देशकको पौडेलको साथमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र सन्दीप क्षेत्री लगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>