Breaking News
चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए
०

चितवन, पुस २८-
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत हिजो निकुञ्जको नियमित गस्ती टोलीले कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा अन्दाजी ५ वर्षको एकसिगें गैँडा मृत भेटेको हो ।
यसैगरी, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्रस्थित नारायणी नदीको बगर क्षेत्रमा पाटे बाघ मृत अवस्थामा भेटिएको नारायणी अनलाइनलाई जानकारी दिए । अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हुनसक्ने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























