राजनीति
नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी सुरु
०

काठमाडौं, पुस २८-
नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी सुरु गरेको छ । ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि संघले दुई वटा समिति बनाएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा। सन्तोष उपाध्यायलाई मनोनित गरेका छन् ।
गन्धर्व पूर्व केन्द्रीय सदस्य हुन् भने उपाध्याय चिकित्सा अध्ययन संस्थानको पूर्व इकाइ अध्यक्ष हुन् । गठित दुई समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्नसक्ने अधिकार दिइएको छ ।
स्ववियु निर्वाचनमा नेविसंघले सशक्त ढंगले सहभागी जनाउने अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाईलाई चिर्न स्ववियु निर्वाचन अनिवार्य रहेको समेत संघले उल्लेख गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























