राजनीति
एमाले त्यागेका भुसाललाई एकीकृत समाजवादीले पार्टीमा भित्र्याउन स्वागत पत्र पठायो
०

काठमाडौं, पुस २८-
नेकपा (एमाले) त्यागेका घनश्याम भुसाललाई नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए।
उनले भने,घनश्याम भुसाललाई हामीले उहाँले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुनेगरी पत्र पठाएका छौं। उहाँलाई हामीले स्वागत पत्र पठाएका हौं,’ भुसाललाई समाजवादीले बुधबार अपरान्ह पत्र पठाएको हो। भुसाल एक-दुई दिनमै समाजवादीमा जाने तयारी गरेका छन्।
भुसालले समाजवादीमा महासचिव दाबी गरिरहेका छन्। भुसालको पदीय जिम्मेवारीबारे नेपालले भनेका छन्, ‘उहाँको इतिहासको मूल्यांकन गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिन सिंगो पार्टी सकरात्मक छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























