Breaking News

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आए रवि,भिआइपी कक्ष प्रयोग गरेनन्

Banner

चितवन, पुस २८–

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आएका छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् ।

यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि चितवन आउने उनले बताएका थिए । उनले विमानस्थलमा भिआइपी कक्ष प्रयोग नगरी सर्वसाधारण निस्कने बाटो प्रयोग गरेका थिए । उनले पत्रकार सम्मेलन पनि विमानस्थल अगाडिको परिसरमा गरेका छन् । लगत्तै उनि आफूले निर्देशन दिएको सडकको अवस्था हेर्न भरतपुर ४ स्थित धर्मचोक पुगेका छन् । उनि आज चितवनमा आधा दर्जन कार्यकक्रममा सहभागी हुँदैछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>