Breaking News

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउँदै रवि, आज एकैदिन आधादर्जन कार्यक्रममा सहभागी हुने

Banner

चितवन, पुस २८–

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आउँदै छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि चितवन आउने उनले बताएका थिए ।

१४औँ चितवन महोत्सव परिसरभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को गृहमन्त्री लामिछानेले अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ः१५ बजे गृहमन्त्रीले एक्स्पोको अवलोकन गर्ने गृहमन्त्रीका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए । गृहमन्त्री लामिछानेले यसअघि नै आफुले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।

त्यसअघि गृहमन्त्री लामिछानेसँग बिहान १०ः३० बजे भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । त्यसपछि ११ बजे पोल्ट्री व्यवसायी र गृहमन्त्री बीच भरतपुर गार्डेनमा अन्तरक्रिया हुने छ । दिउँसो १ बजे खैरहनीमा आजदेखि सुरु हुन लागेको खिचरा महोत्सवको उद्घाटन गर्न पुग्ने सिग्देलले जानकारी दिए ।

महोत्सवको उद्घाटन सकेर गृहमन्त्री भरतपुर आउने छन् । साढे २ बजे चितवन उद्योग संघमा औद्योगिक क्षेत्रको विषयमा छलफल हुने छ । त्यसपछि मात्रै उनले मेन इन नेपाल एक्स्पोको अवलोकन गर्ने छन् । अवलोकनपछि उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग छलफल हुने छ । साँझ ५ बजे फुड फेस्टिबलको अवलोकन र ६ः१५ बजे सौराहामा सौराहाका पर्यटनका विषयमा स्थानीयसँग गृहमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>