चितवन विशेष

सेन्ट्रल कलेजसंगको सहकार्यमा रुपान्तरणको महाअभियान कार्यक्रम गरिने

Banner

चितवन,पुस २७-

सेन्ट्रल कलेजसंगको सहकार्यमा चितवन र नवलपुरमा रुपान्तरणको महाअभियान कार्यक्रम गरिने भएको छ । रुपान्तरण र युवा प्रालिको आयोजना र सरल नेपाल तथा सोच परिवर्तन नेपालको सहआयोजनामा माघ पहिलो सातादेखि कार्यक्रम संचालन गर्न लागिएको हो ।
विद्यार्थीका लागि आयोजना गरिने कार्यक्रममा प्लस टु र स्नातक तहको पहिलो र दोस्रो बर्ष अध्ययनरत विद्यार्थी सहभागी रहनेछन् । कार्यक्रम चितवन र नवलपुरका १ सय विद्यालयमा संचालन गरिनेछ । प्रत्येक विद्यालयका दुई घण्टा कार्यक्रम संचालन हुनेछ ।

किशोर अवस्थाको संघार बयस्क प्रवेश गर्ने अवस्थामा विद्यार्थीमा आउन सक्ने मनोसामाजिक समस्या डिप्रेशन,फ्रष्टटेशन आदीसंगको सामना एवं समाधानका बारेमा कक्षा संचालन हुनेछन् । साथै कार्यक्रममा जीवनमा खुसी,सफलता असफलताका बिषयमा समेत प्रस्तुतिकरण प्रस्तुत गरिनेछ ।

सेन्ट्रल कलेजले विभिन्न सामाजिक काममा सहकार्य गर्दै आइरहेको छ । जापान,अष्ट्रेलिया,क्यानडा लगायतका देशमा अध्यननका लागि विद्यार्थीलाई शैक्षिक परामर्श दिइरहेको कलेजबाट हजारौं विद्यार्थीहरु उच्च शिक्षा अध्यननका लागि गइसकेका छन् । पछिल्लो समय विद्यार्थीको रोजाइमा रहेको कलेजले खेलकुदसंगै सामाजिक काममा समेत सहकार्य गरेर कार्यक्रम संचालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>