राजनीति

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने एमाले-माओवादी सहमति

Banner

सुर्खेत, पुस२७-

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् । बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि सत्तारुढ गठबन्धनका मुख्य दुई घटकबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति भएको हो ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो । जसअनुसार पहिलो अढाई वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिनेछ । त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने उनले रातोपाटीलाई बताए ।

एमाले र माओवादी केन्द्रबीच यस्तो सहमति भएसँगै मुख्यमन्त्रीका लागि दाबी पेस गर्न जाने तयारी भइरहेको छ । प्रदेश प्रमुख समक्ष माओवादी केन्द्रका राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>