राजनीति

हिजोसम्म मलाई अलिकति चिन्ता थियो, सोचेजस्तै विश्वासको मत पाए, अब ढुक्क भएँः प्रधानमन्त्री प्रचण्ड

Banner

गोरखा,पुस २७-

गोरखा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचेजस्तै विश्वासको मत पाएपछि ढुक्क भएको बताउनुभएको छ। गोरखा महोत्सवको उद्घाटन गर्दै उनले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका हुन् ।
उनले भने, कतै राजनीतिक दलबीच बिभाजन भयो, उनीहरुबीच प्रतिबद्धता र विश्वासमा एकरुपता आएन भने अप्ठ्यारो पो हुने हो कि भनेर हिजोसम्म मलाई अलिकति चिन्ता थियो’।

उनले राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा काम गर्न आफूले पाएको अवसर चुनौतीपूर्ण समेत रहेको बताए ।

गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागि गौरवको बिषय रहेको जानकारी दिए । भने, ‘अब छिट्टै प्रदेश सरकार पनि गठन हुँदैछ, प्रदेशमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना छ, केन्द्रमा प्रधानमन्त्री पनि गोरखाबाट, भौतिक पूर्वाधार मन्त्री पनि गोरखाबाट अनि प्रदेशमा पनि मन्त्री हुनु यो एउटा दुर्लभ पाइने अवसर हो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>