राजनीति
मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त
०

जनकपुरधाम, पुस २७-
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा० संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
त्यसअघि यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । निवर्तमान सभामुखसमेत रहेका यादव बारा क्षेत्र नं। १ ९२० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























