देश/प्रदेश

मिस वर्ल्डका लागि प्रियंकाले इच्छाकामनामा सोलारमार्फत बिजुली पुर्‍याउनेदेखि अन्य विभिद कार्यक्रम गर्ने

Banner

चितवन,पुस २७-

आगामी मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको परियोजनाका लागि मिस नेपाल प्रियंकारानी जोशीले अर्थ सहायता जुटाउन थालेकी छन् । मंगलबार प्रियंकाले पोखरामा आयोजना गरेको च्यारिटी गालामा पोखरेली उद्यमी व्यवसायीदेखि गायक प्रेमराजा महतसम्म उपस्थित रहे ।

उक्त गालामा उपस्थित भएका पाहुनाले परियोजनालाई सफल बनाउन र जितको लागि मिस नेपाल प्रियंकालाई शुभकामना दिए । प्रियंकाको मिस वर्ल्ड अभियानमा अवैतनिक वाणिज्यदूत तथा गायक महतले पनि अग्रसरता लिएका छन् ।

प्रियंकाले ब्युटी विथ पर्पस परियोजना अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा सोलारमार्फत बिजुली पु¥याउनेदेखि त्यहाँ उद्यमशीलताका अन्य कार्यक्रम सञ्चालन गर्न लागेकोबारे ब्रिफिङ गरेकी थिइन् ।

उक्त परियोजना सम्पन्न गर्न अनुमानित ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान छ । यसका लागि उनले हालैको आफ्नो अमेरिका भ्रमणमा त्यहाँस्थित गैरआवासीय नेपालीलाई पनि सघाउन आग्रह गरेकी थिइन् । अन्य सरकारी निकायलाई पनि उनले अपील गरेकी छन् । मिस वर्ल्डका प्रत्येक संस्करणमा नेपाल दाबेदार हो । यसअघि नेपालले यो विधामा जित हासिल गरिसकेको छ । विगतमा जितिसकेको अनुभव भएकाले पनि नेपालले यो विधामा जोड दिंदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>