देश/प्रदेश

लुम्बिनीमा आज एमाले नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

Banner

दाङ, पुस २७-

मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् । सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताए ।

प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन नसकेको प्रदेशसभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले बताए । माओवादीले क्न्द्रले भने अन्तिम समयमा लुम्बिनीमा मुख्यमन्त्रीको कार्यकाल आधारआधा हुनुपर्ने अडान राखेको थियो ।

लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन्। जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ। सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ ।

गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन । २०७४ को पहिलो प्रदेशसभा चुनाव पछि एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री भएका थिए । करिब दुई वर्षपछि उनको सरकार ढाल्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) २८ साउन २०७८ मा मुख्यमन्त्री भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>