Breaking News

फेरि सुरू भयो लोडसेडिङ,औद्योगिक क्षेत्रमा दिनकै ९ घण्टा विद्युत कटौती

Banner

काठमाडौं,पुस २६-

नेपाल विद्युत प्राधिकरणले ओद्योगिक क्षेत्रमा नौ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीहरूले गुनासो गरेका छन् । भारतबाट आयात हुने विद्युत कटौती भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रमा बत्ती कटौती गरेको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता शुरेबहादुर भट्टराईले बिहान करिब ५ घण्टा र साँझ ४ घण्टा विद्युत कटौती भएको स्वीकार गरेका छन् । उनले अहिले उद्योगहरूमा मात्रै विद्युत कटौती गरिएको र साना उद्योहरूको कटौती नगरेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले उद्योगले केही सुधार आएको अवस्थामा लोडसेडिङ गरेर समस्यामा परेको गुनासो गरेका छन्। हाल भारतबाट आयात हुने १०० मेगावाटभन्दा बढी विद्युत कटौती भएका कारण पिक आवरमा कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ । आन्तरिक उत्पादनले नपुगेका कारण करिब २५ प्रतिशत आयात गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>