भरतपुर

भरतपुरमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरे

Banner

चितवन,पुस २७-

भरतपुर महानगरपालिका २९ जुगेडी लमजुङे टोलमा एक दम्पती मृत भेटिएका छन् । मंगलबार बिहान प्रहरीलाई खबर प्राप्त भएपछि घटनास्थलमा गएर हेर्दा श्रीमान् घरको बेलामा पासो लगाएर झुन्डिएको अवस्थामा र श्रीमती घरको आँगनको मृत भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए ।

मृत्यु हुनेमा भरतपुर २९ का २२ वर्षका प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षकी शान्ति भन्ने बुद्धिमाया राना मगर रहेको डीएसपी अधिकारीले जानकारी दिए ।बुद्धिमायाको टाउकोमा चोट देखिएको अधिकारीले बताए । घटनाका प्रारम्भिक अनुसन्धान गर्दा श्रीमानले श्रीमतीको हत्यापश्चात आफूले आत्महत्या गरेको बुझिएको छ । उनीहरूका एक जना छोरा पनि रहेका छन् । छोरा आफन्तकोमा गएका बेला घटना घटेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>