Breaking News

‘खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा, गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने

Banner

चितवन, पुस २६–

यही पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ ।

महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ । गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज अपरान्ह महोत्सव स्थलको निरीक्षण समेत गर्नुभएको छ ।

खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव समुद्घाटन अघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म झाकीसहितको शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा १५० भन्दा बढी विभिन्न प्रकारका स्टलहरु रहेन छन् । महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रम अन्तरगत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक कार्यक्रमहरु रहने छन् । यस्तै यसपटक तराईका २२ जिल्लाका थारु समुदायका थारु परिकारहरु महोत्सवमा खान पाइनेछन् । महोत्सवमा पहिलोपटक जिल्लास्तरीय भलिबल प्रतियोगिता, दैनिक विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वाथ्य सेवा उपलब्ध हुनेछन् भने कृषि उपजहरु प्रदर्शनीमा राखिने छन् । यस्तै विविध मनोरञ्जनात्मक बाल उद्यानहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै खिचरा डान्स आइडललगायतका अन्य प्रतियोगितात्मक कार्यक्रहरु समेत रहेको आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का सभापति चुडामणि चौधरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>